Thaha

Sunday 22 September - 3:08 pm NST

पृथ्वीनारायण शाहको जन्मजयन्ती   विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाण्डौँ, २७ पुस । नेपाल एकीकरणका नायक मानिने पृथ्वीनारायण शाहको २ सय ९४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । वि सं. १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गर्नुभएको थियो । यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिए पनि दोस्रो जनआन्दोलन पछिको सरकारले एकता दिवस खारेज गरेको थियो । अहिले पृथ्वी नारायण शाहको योगदानलाई हेर्न दृष्टिकोणमा भने असमानता देखिएको छ । कसैले उहाँलाई राष्ट्र पिताको रुपमा मान्दै पुष २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मान्नु पर्ने बताएका छन् भने कसैले पृथ्वी नारायण शाहले भौगोलिक रुपमा नेपाललाई एकता गराए पनि भावनात्मक एकता गर्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् ।  यसैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले उपप्रधानमन्त्री भएर पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गर्न नसकेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । आफैं सरकारमा रहँदा समेत अथक प्रयासका बाबजुद निर्णय गर्न नसकेको भन्दै उहाँले ट्वीटरमार्फत दुःख र खेद व्यक्त गर्नुभएको हो ।